Skip This
एनआइसी एसिया बैंकले दियो तीनजना ग्राहकलाई बिमा रकम भुक्तानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २६ आइतबार o७:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकले दियो तीनजना ग्राहकलाई बिमा रकम भुक्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार o७:३७:oo

एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका तीनजना ग्राहकलाई घातक रोगको बिमाबापत रकम भुक्तानी गरेको छ । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो ।

बिमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भू शाखामा खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा खाता खोलेका प्रचण्डजंग शाह र काठमाडौंको थली शाखामा खाता खोलेका सञ्जित तामाङ रहेको जनाइएको छ । उनीहरू सबैले सर्वश्रेष्ठ बचत खाताअन्तर्गत ‘एम्बासडर’ श्रेणीको खाता खोलेको बैंकले जनाएको छ ।

बिमा रकम प्राप्त गर्ने ग्राहकलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रूपमा बिमा रकमबराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ । 

बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार एक सयभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत दुई करोड ४० लाख रुपैयाँ, दुर्घटना बिमाबापत ४० लाख रुपैयाँ र मेडिकल बिमाबापत दुई करोड ६९ लाख रुपैयाँ गरी कुल पाँच करोड ४९ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेको जनाइएको छ ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका १८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमाको फाइदा रहेका तीन बिमा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय फाइदा गरी कुल २४ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावसामु ल्याएको छ । 

यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधाहरूलगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, इ–कमर्स नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस–सी आइपिएस–फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनीत गरेका अन्य तीन व्यक्तिका लागिसमेत पाँच वर्षका लागि पूर्ण रूपमा निःशुल्क हुने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।