१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाण्डौं
२o८१ जेठ १ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार घन्टापछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:५३:oo

पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घन्टाछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो ।

पहिराका कारण पूर्ण रूपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको बताए । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

ad
ad