मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रकाश सपूतको ‘परदेशी २’ फूलपातीमा, यस्तो छ टिजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

नारायण रायमाझी निर्देशित प्रतिक्षीत चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार दिउँसो ‘रिमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत तय गरेको हो।

दशैँको टीकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ। साढे २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा सिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यु चलचित्र हो। 

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरबाट आकलन गर्न सकिन्छ। अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझ्न सकिन्छ । प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ। 

नारायण इन्टरनेसनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन्। चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन्। चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ ।