१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नर्भिकमा युरोलोजीको निःशुल्क ओपिडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o५:oo

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान आठ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान नौ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । 

पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रित गरिरहेको अस्पतालले जनाएको छ । ओपिडी सेवामा युरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनील श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थिसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने जनाइएको छ । 

यो टिमले मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत गर्ने जनाइएको छ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

त्यस्तै, युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिने जनाइएको छ ।

मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपिडीबाट लाभ लिन सक्ने जनाइएको छ । निःशुल्क ओपिडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

ad
ad