१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २४ शुक्रबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विशेष संसदीय छानबिन समिति : पहिलो दिन न बैठक, न सम्पर्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार o६:o७:oo

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय समितिको पहिलो दिन यत्तिकै बितेको छ । बुधबार बनेको विशेष संसदीय छानबिन समितिको बिहीबार बैठक बसेन र कहिले बस्ने भन्नेबारे समेत समिति सदस्यले जानकारी पाएका छैनन् । 

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम गठन गरिएको समितिलाई कार्यप्रारम्भ भएको मितिबाट १० दिन मात्रको समयावधि रहेको छ । त्यस्तै, समितिले नै सभापति चयन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, पहिलो बैठक बस्न नसक्दा सभापति चयन र कार्यविधि बनाउने काम हुन सकेन । 

सीताराम महतो समिति सदस्य सांसद (कांग्रेस)
आज (बिहीबार) बैठक बसेन र कहिले बैठक बस्ने भन्नेबारे पनि कुनै जानकारी आएको छैन । बैठक बसेपछि सभापति चयन हुन्छ । समितिको कार्यविधि बन्छ र छानबिन अगाडि बढ्छ ।

कांग्रेसबाट समिति सदस्य रहेका सांसद सीताराम महतोले पहिलो दिन बैठक नबसेको र कहिले बैठक बस्ने भन्नेबारे जानकारी नआएको बताए । ‘कुनै बैठक बसेन र कहिले बैठक बस्ने भन्नेबारे पनि कुनै जानकारी आएको छैन,’ उनले बिहीबार राति नयाँ पत्रिकासँग भने ।

उनले समिति बैठक बसेपछि सभापति चयन हुने र कार्यविधि बनाएर काम थाल्ने बताए । ‘बैठक बसेपछि सभापति चयन हुन्छ । समितिको कार्यविधि बन्छ र छानबिन अगाडि बढ्छ,’ उनले भने, ‘सबै कुरा छानबिनपछि टुंगो लाग्ने हो । समितिले निष्पक्ष रूपमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउँछ ।’ समिति सदस्य एवं एमाले सांसद खगराज अधिकारीले आफूहरूले संवैधानिक सर्वाेच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् । 

बुधबार सभामुख अग्नि सापकोटाले संसदीय समिति ११ सदस्यीय गठनको जानकारी सदनलाई गराएका थिए । समितिमा एमालेका तर्फबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । 

संसदीय समितिलाई छानबिनमा सहयोग पुर्‍याउन अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएका थिए । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ व्यवस्था रहेको छ ।