मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वायुसेवा निगमका अध्यक्ष अधिकारीको निलम्बन रोक्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३५:oo

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न आदेश गरेको छ। बिहीबार अधिकारीको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

सरकारले अधिकारीलाई कारबाही गरी दिपुराज ज्वारचनलाई महाप्रबन्धक बनाएको थियो । मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि २८ असारलाई पेसी तोकिएको छ। 

‘दिपुराज ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्त गरिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९ असार ६ को निर्णय र सो निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ९ असारको पत्र हाललाई कार्यान्वयन नगर्नू,नगराउनू,’आदेशमा भनिएको छ,‘निवेदकलाई नियुक्तिपत्रमा उल्लिखित पदमा पूर्ववत् काम गर्न दिनू, दिलाउनू।’