१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थ मन्त्रालयका सचिव मरासिनी बिदामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले बुधबार आफू बिदामा बसेको जानकारी सचिवालयलाई गराएका छन्। मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनीले बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका थिए।

मन्त्रीसँगको  भेटपछि उनी घर गएका थिए। सचिवालयमा टेलिफोन गरेर कार्यालयमा उपस्थित हुन नसक्नेबारे सचिव मरासिनीले जानकारी गराएको मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले नयाँ पत्रिकालाई जानकारी दिए। ‘उहाँ आज कार्यालय उपस्थित नहुने भनेर जानकारी पाएका छौँ,’ उनले भने, ‘बिरामी भएकाले बिदामा बस्ने बताउनुभएको छ।’

मन्त्रालय स्रोतका अनुसार बजेट निर्माण प्रक्रियामा चलखेलका लागि केही व्यक्तिलाई मन्त्रालयमै प्रवेश दिएको भन्दै सचिव मरासिनीमाथि प्रश्न उठेको छ। सोही कारण उनी बिदामा बसेको मन्त्रालय स्रोतको दाबी छ।