निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २१ मंगलबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा थप दुईजनामा हैजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २१ मंगलबार १२:४२:००

काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी–मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा सोमबार हैजा पुष्टि भएको हो।

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। निर्देशक दासका अनुसार कागेश्वरी–मनहरा नगरपालिका– ६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका बताए। 

हैजा तथा झाडापखालाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनुअघि र पछि,  दिसापिसाब गरेपछि र  फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ। 

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत मन्त्रालयको अनुरोध छ। झाडापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ। रासस