१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १९ आइतबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–चीन सम्बन्धमा थप सुधार ल्याउनेछु : नवनियुक्त राजदूत श्रेष्ठ

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १५:०२:००

चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर र विकसित बन्ने बताएका छन्। जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका र धादिङका नागरिक संस्थाहरूले आइतबार आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै राजदूत श्रेष्ठले यस्तो बताएका हुन् ।

‘चीनसँग हाम्रो सम्बन्ध सदियौँदेखि मित्रतापूर्ण छ । म एउटा प्रतिनिधि पात्र हो । मेरो देशको सरकारले मलाई कस्तो र कसरी गाइड गर्छ, त्यसमा पनि भर पर्छ । देश, सरकार, संविधानले तोकेको कानुनअनुसार मैले कूटनीतिक सम्बन्ध र व्यवहार अघि बढाएर नेपाल र चीनबीचको सम्बन्धमा थप सुधार ल्याउनेछु,’ उनले भने ।  

उनले राष्ट्रको पहिलो सेल्सम्यानको रूपमा राजदूतलाई लिने गरिएको बताए । अहिलेको समयमा नेपालले  चीनलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘राज्यले मलाई ठूलो अवसर दिएको छ । अवसरसँगै चीनसँग विश्वास जित्न उस्तै चुनाैतीहरू पनि छन् । चीनले नेपाललाई राम्रोसँग बुझेको छ,’ उनले भने, ‘नेपालको राजनीति कतातिर गइरहेको छ । नाका खुलाउने कुरा पनि महत्वपूर्ण छ । चीनले सामानहरू ल्याउन रोकावट गरेको छ । समुद्रबाट मात्र आउँछ । अध्ययनका लागि चीन पुगेका विद्यार्थीले पनि समस्या भोगिरहेका छन् । यस्ता धेरै समस्या छन् । त्यसैले यस्ता विषयलाई लिएर चीनसँग सम्बन्ध विस्तारमा लाग्नेछु ।’ 

उनले धादिङ तिब्बतसँग जोडिएको जिल्ला भएको स्मरण गर्दै देशको विकाससँगै यस धादिङको विकासमा पनि आफ्नो  भूमिका रहने बताए । उनले आफ्नो गृहजिल्ला भएका कारण पनि धादिङ प्राथमिकतामा पर्ने बताए ।