१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘आइएमई नेपाल लोकस्टार–२’ प्रायोजकमा जगदम्बा सुपर साइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:४२:oo

हिमालय टेलिभिजनको आयोजनामा हुने रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले अनुबन्धसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

लोकस्टारको हालै सम्पन्न भएको डिजिटल अडिसनमा हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन–२ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेको जनाइएको छ । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरूको छनोट गरिने आयोजकले जनाएका छन् । 

आयोजकले दोस्रो सिजनका लागि निर्णायकहरूको छनोट पनि सम्पन्न गरेको जनाएको छ । नेपाली लोकसंगीतका कारण चर्चित कलाकार कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रूपमा अनुबन्ध भएको जनाइएको छ ।

त्यस्तै, लोक तथा दोहोरी गायिका ज्योति मगर र लोकदोहारी गायक कुलेन्द्र विश्वकर्मा पनि निर्णायकका रूपमा अनुबन्ध भएको जनाइएको छ । 

ad
ad