१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोइराला समूहकाे निष्कर्ष : पार्टी र सरकार सञ्चालनमा देउवा असफल

देउवा पार्टीको नभई सत्ता गठबन्धनको सभापतिजस्तो देखिएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:३९:oo

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला नेतृत्वको समूहले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालनमा असफल बन्दै गएको निष्कर्ष निकालेको छ । 
देउवाविरुद्ध रचनात्मक विद्रोहका लागि भन्दै यो समूहले बिहीबारबाट छलफल थालेको थियो । शुक्रबार सकिएको बैठकले देउवा पार्टीको भन्दा गठबन्धनको सभापति बन्न खोजेको निष्कर्ष निकालेको हो । ‘उहाँ (देउवा) सत्तागठबन्धनको सभापति भएर हिँड्नुभएको छ । कांग्रेस सभापति हुँ भन्ने अनुभूति दिलाउन सक्नुभएको छैन । धेरै साथीले यही महसुस गर्नुभएको छ,’ गोविन्द पोखरेलले भने ।
बैठकपछि डा. पोखरेलले बैठकले जनतालाई राहत दिन र जनजीविकाका सवाल सम्बोधन गर्न पनि सरकार असफल भएको निष्कर्ष निकालेको जानकारी दिए । 
‘सरकार असफल बन्दै गएको बैठकले निष्कर्ष निकालेको छ,’ डा. पोखरेलले भने, ‘सरकारले जनतालाई राहत दिन नसकेको तथा जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको निष्कर्ष बैठकले निकालेको छ ।’
बैठकले सभापति देउवालाई पाँचबुँदे ध्यानकर्षण गराएको छ । विगतमा प्रतिबद्धता जनाएअनुसार राजस्व अनुसन्धान विभागलगायतका निकायहरूलाई प्रधानमन्त्री मातहतमा नराख्ने विषयलाई सरकारले कार्यान्वयन नगरेकोमा पनि बैठकले ध्यानाकर्षण गरेको छ । 
बैठकपछि पोखरेलले अब देउवाइतर समूहलाई देशव्यापी रूपमा परिचालन गरिने बताए । उनलाई सञ्चारकर्मीले प्रदेश र संघीय निर्वाचनको मुखमा गुटको भागबन्डा खोज्नुभएको हो भनी प्रश्न गरेका थिए । जवाफमा पोखरेलले भने, ‘हामीलाई भागबन्डा चाहिएको छैन । हिजो पनि खोजेका थिएनौँ, भोलि पनि खोज्दैनौँ । तर, महाधिवेशनदेखि स्थानीय तहको निर्वाचनसम्म आउँदा हामीसँग विचार मिल्ने ४० प्रतिशत साथीहरू निर्वाचित हुनुभएको छ । हामी पार्टीका सबै साथीहरूको आवाज र मतको सम्मान गर्नुपर्छ भनिरहेका छौँ ।’
बैठकमा शेखर कोइराला समूहबाट महाधिवेशनमा निर्वाचित पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा पनि सहभागी थिए । 
 

ad
ad