मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा बजार अनुगमन : सदरमुकामकै अधिकांश पसल मापदण्डविपरीत सञ्चालित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

लमजुङको सदरमुकाम बेँसीसहरमा शुक्रबार बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा बेँसीसहरका अधिकांश पसल मापदण्डविपरीत  सञ्चालनमा रहेको पाइएको छ। 

जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयुक्त आयोजनामा बेँसीसहरका ९ वटा पसलमा गरिएको अनुगमनमा ९ वटै पसल मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको हो ।  घरेलु उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाका अनुसार बेँसीसहरको भीमसेनस्थान, नारायणस्थान चोक, कृषि विकास बैंक टोलमा रहेका मसला उद्योग, किराना पसल, मेडिकल हल, भाँडा पसल, रेस्टुरेन्ट, फेन्सी स्टोर्स, किराना तथा तरकारी र फलफूल पसलमा अनुगमन गरिएको थियो । ती सबै पसलहरू मापदण्डविपरीत भेटिएको उनको भनाइ छ । 

प्रमुख थापाका अनुसार मूल्यसूची टाँस नगरिएको, बढी मूल्य लिइएको, सरसफाइ नभएको, म्याद सकिएका सामग्री रहेको, बिक्री बिल नदिने गरेको, मासु काठको मुढामा काट्ने गरेको, कपडा पसलमा कस्मेटिक सामग्री दर्ताविना बिक्री गरेकोलगायतका मापदण्डविपरीतका कार्य सञ्चालनमा रहेको भेटिएको थियो । 

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले अनुगमनका क्रममा अधिकांश पसलहरू मापदण्डविपरीत भेटिएकाले उनीहरूलाई पहिलोपटक सामान्य जरिवाना मात्र गरिए पनि आगामी दिनमा यस्तो भेटिएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्ने बताए । उनले व्यवसायीहरूलाई मापदण्डअनुसार विभिन्न पसलहरू सञ्चालन गर्नका लागि आग्रहसमेत गरे  । 

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा गरिएको बजार अनुगमनमा घरेलु कार्यालयका प्रमुख थापासहित, उद्योग वाणिज्य संघ, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।