मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १७ शुक्रबार १५:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १७ शुक्रबार १५:४०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै कानुनी समस्या नहुने बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने विषयमा कुनै कानुनी समस्या नहुने बताएकी हुन् । 

‘सरकार र सरोकारवाला निकायले समयमै गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत बनाउन, कानुन विश्वविद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने अपेक्षा लिएकी छु,’ उनले भनिन् । उनले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्न सक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् । 

राष्ट्रपति भण्डारीले कानुन शिक्षालाई समयसापेक्ष, व्यावहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजान आवश्यक रहेको बताइन् । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएका उनको भनाइ थियो ।