१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘सेन्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:३३:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘सेन्चुरी डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । बैंकले जारी गरेको १० वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको यो डिबेन्चरको संकेत सिसिबिडी ८८ राखेर सूचीकरण गर्न नेप्सेसँग सम्झौता भएको हो । 

बैंकले सर्वसाधारणसमक्ष धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री आह्वान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको बैंकले जनाएको छ । 

ad
ad