मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका स्याङ्जा
२o७९ असार १६ बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धन्सारले पुरिएर बहिनीको मृत्यु, दाजु घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १o:३३:oo

स्याङ्जाको गल्याङ– १० डुबिनडाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिनडाँडाका ढाकाराम भट्टराईको घरनजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। 

सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणलाई चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।