मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा कृषि उत्पादनमा कमी आयो : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् । बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले नेपाल धानबालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको उनको भनाइ थियो। उनले सहकारीका माध्यमहरू अपनाएर र खण्डीकरणतर्फ नभई चक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए। 

धानखेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउनाले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए । ‘धानखेतीलाई बचाउन जरुरी छ । अहिले धेरै ठाउँमा अनावश्यक ढंगले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? भन्ने कुरा ध्यान पुगेको छैन । प्लटिङ सिस्टम आदि, इत्यादिले धानखेती वा अन्न बाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउनुपर्ने, कहाँ सहर बनाउनुपर्ने, कहाँ खेती लगाउने भन्ने कुराहरूमा गोलमाल भइरहेको छ,’ उनले भने, ‘हामी बेठीक ढंगले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।’

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरू बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताए। धान, मकै, गहुँजस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद भएको बताए । लापर्बाही र असावधानीका कारण यस्ता गल्तीहरू भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियाे।