मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Monday, 14 July, 2025
२o७९ असार १४ मंगलबार १o:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 वर्षाले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १o:२१:oo

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका– १ उदीपुरनजिकै देउराली डाँडाको पहिरोले  सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदीपुर जोडिने सडकमा पहिरोले ढुंगा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ । 

सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा, चितवनतर्फ  जाने र   बेँसीसहरतर्फ आउने सवारीसाधन चल्न सकेका छैनन् ।