१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता गर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले साे विधेयक छिट्टै संसदमा दर्ता गर्ने बताएका हुन्। 

उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामती ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरूको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए । गठबन्धन दलहरूसँग समेत छलफल गरेर छिट्टै प्रक्रिया अगाडि बढाउने तयारी रहेको जानकारी दिए। 

‘संघीय निजामती ऐन मन्त्री बन्नुभन्दा अगाडि संसद् अवरुद्ध भइरहेको अवस्था थियो । हतार भएकाले प्रतिनिधिसभाबाट फिर्ता लिने काम भएको थियो,’ उनले भने, ‘तर, राजनीतिक रपमा त्यस्ता विषयवस्तु अगाडि बढाउँदा सबै दलको महाधिवेशन भएको थियो । त्यसपछि स्थानीय तहको निर्वाचन मिति तय भयो । त्यसपछि फेरि ल्याउन समस्या भयो । अहिले संसद् सुचारु भइरहेको परिस्थितिमा छिटोभन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौँ ।’ 

मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाेसमेत जानकारी दिए।