मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १३ सोमबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वतन्त्रहरूसँग  सम्पर्क बढाउँदै रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १३ सोमबार ०७:३१:००

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणासँगै सभापति रवि लामिछानेले संवाद पनि बढाएका छन् । सभापति लामिछानेले यसअघिका निर्वाचन तथा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका र विजयी भएकासँग सम्पर्कलार्ई निरन्तरता दिएका छन् । 

दल दर्ताको निवेदन दिएयता असार १० मा नेपाल सुशासन पार्टीका अध्यक्ष पूर्वडिआइजी रमेश खरेलसँग राजनीतिक यात्रामा सहकार्यका विषयमा छलफल गरेका छन् । असार ११ मा लामिछानेले विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमसँग भेट गरेका थिए । बमले संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

भेटमा आगामी सहकार्यको विषयमा छलफल भएको थियो । त्यस्तै, आइतबार (असार १२ गते) स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीसँग भेटवार्ता गरे । भेटका क्रममा दुई पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्यका विषयमा छलफल भएको थियो । यसबाहेक स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित बनेका बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगाायतसँग पनि निरन्तर सम्पर्क गरिरहेका छन् ।