१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारबाट नहट्ने अडान लिएका मन्त्रीहरू यसरी भए ‘ब्याक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:४o:oo

एकिकृत समाजवादीले तीन साता अघि नै चार मन्त्रीलाई फिर्ता हुन आग्रह गरेको थियो ।  २२ जेठमा पार्टी केन्द्रीय सचिवालयले गरेको मन्त्री हेरफेरको निर्णयप्रति असहमति राखेर अन्तरपार्टी संघर्ष गर्दै आएपनि पार्टीबाट माग सम्बोधन नभएपछि उनीहरु अन्ततः ब्याक हुन बाध्य भएका हुन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्री रुँदै बिदा भइन् ।

निवर्तमान  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले  भन्छन्–मन्त्री हेरफेर गर्ने विषयमा पार्टीले गरेको निर्णयप्रति हाम्रा केही ‘रिजर्भेसन’ थिए । त्यसै सन्दर्भमा हामीले आफ्ना कुरा राख्न दलको बैठक बोलाउन लिखित माग गरेका थियौँ । दलको नेताले नै हामीलाई मन्त्री बनाउनुभयो । केही साथीहरूले उहाँ (माधव नेपाल)लाई नै हटाउनेसम्मको षड्यन्त्र रचेको थाहा पाएपछि मसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका हौँ । नेता हटाउने उद्देश्यले दलको बैठक बोलाउन माग गरेका थिएनौँ । पार्टी अध्यक्षलाई सहयोग गर्नुपर्छ र चित्त नबुझेको कुरा पार्टीभित्रै राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माधव नेपालले हामीलाई मन्त्री बनाउने अनि हामीले उहाँलाई नै दलको नेताबाट हटाउने ?यस्तो पनि मिल्छ ? 

दलको नेतालाई हटाउने भन्नेसम्मका कुरा आएपछि हाम्रो हस्ताक्षर दुरुपयोग भयो भन्ने लागेर हामी ६ जनाले फिर्ता लिएका हौँ । त्यसअघि मैले कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र धनबहादुर बुढा माननीयहरूसँग छलफल पनि गरेँ ।

मन्त्रीका लागि नाम प्रस्ताव गरिसकेपछि बधाईसमेत खाइसकेका, दौरा–सुरुवाल पनि सिलाइसकेका नेतालाई रोक्न मिलेन नि ! अध्यक्ष माधव नेपालले अर्कोपटक मन्त्री बनाउँदा भूगोल, लिंगलगायत सबै विषयमा सोचविचार गरेर समावेशी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । मैले मन्त्रीबाट राजीनामा दिइसकेको छु । अब पूर्ण रूपमा पार्टी काममा सक्रिय हुन्छु । 

ad
ad