१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल सन्न्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन : एमाले सचिव भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:२३:oo

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्हालिएर बोल्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकोले सन्न्यास लिएर बस्नुपर्ने बताए । 

सचिव भट्टराईले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति आपत्ति जनाउँदै माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए । उहाँले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने वेलामा अर्को पार्टी बनाउँछु भन्दै ‘धुलो उडाउनु’को तुक नरहेको दाबी गरे । 

‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठीक लाग्दैन । उहाँ सम्हालिनुपर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने वेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो,’ भट्टराईले भने, ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई ‘रिएलाइजेसन’ गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्न्यासी मान्छेले मुख छोड्दै हिँड्दैन । माधव नेपाल सन्न्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्योभन्दा धेरै मुख छोड्न सकिन्छ।’