मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमोर्चाकी सांसद पौडेलको प्रश्न–प्रवासी नेपालीलाई मतदानको अधिकारमा किन ढिलाइ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएकी छिन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिएकी हुन् ।  उनले आउँदो निर्वाचनमै मतदान गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

‘प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । सर्वोच्चको आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन, ’उनले भनिन्, ‘आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ । प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’