१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १o:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा पुस्तामा लागुऔषध दुर्व्यसन बढ्यो : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५४:oo

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यसन चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन् ।आइतबार काठमाडौंमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले लागुपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए  । युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताए । गृहमन्त्री खाणले लागुऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको पनि बताए । 

‘लागुपदार्थ चुनौतीको रूपमा अघि बढेको छ, लागुपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ, आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो, सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ,’ उनले भने, ‘आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई वेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवाहरूलाई सुधार्न अभियान थाल्नुपर्नेछ । आजबाट नै लागुपदार्थबाट मुक्त हुनुहोस्।’

गृहमन्त्री खाणले विभिन्न आपराधिक गतिविधिहरूमध्येमा लागुपदार्थसँग सम्बन्धित अपराध झन्डै आठ प्रतिशतभन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।