१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज पनि ठूलो पानी पर्ने प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:५३:oo

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा ठूलो पानी पर्न सक्छ ।

त्यसबाहेक देशभर पहाडी भेगका धेरै क्षेत्रमा वर्षाका आकलन गरिएको छ । सुदूरपश्चिममा भने मनसुनी वायु सक्रिय भइसकेको छैन । तर, आइतबार राति भने त्यहाँ पनि ठूलो वर्षाको आकलन महाशाखाले गरेको छ । ‘मनसुन सक्रिय बनेको छ, पश्चिमी र स्थानीय वायु कमजोर बनेका छन् ।सुदूरपश्चिममा पनि एक–दुई दिनमा मनसुनी वायुको प्रभाव हुनेछ,’ मौसमविद् भट्टराईले भने, ‘अब बर्खामा बाढीपहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्छ ।’ विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले २४ घन्टे सेवा थालेर बाढी बुलेटिन जारी गर्न सुरु गरिसकेको छ । 

नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा अर्थात् शुक्रबार कर्णालीसम्म फैलिसकेको छ । पूर्व र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी वायु शुक्रबार लुम्बिनी र कर्णालीमा पुगेको तथा प्रदेश १ मा २२ जेठमा मनसुन भित्रिए पनि मधेस, बागमती र गण्डकीमा २६ जेठमा मात्र पुगेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । 

ad
ad