मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अनुपस्थित हुँदा हेटौँडाको नगर सभा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित हुँदा हेटौँडा उपमहानगरपालिकाको नगर सभा तथा अधिवेशन स्थगित भएको छ । आगामी आर्थिक वर्ष  ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुतका लागि आह्वान गरिएको नगर सभा तथा ११औँँ अधिवेशन एमालेका जनप्रतिनिधि अनुपस्थिति हुँदा गणक संख्या नपुग्दा स्थगित भएको हो । 

९५ सदस्यीय नगर सभामा ५१ प्रतिशतका लागि ४८ जना अनिवार्य उपस्थिति हुनुपर्ने हुन्छ । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै गठबन्धनमा नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ । एमालेले अधिकार कटौतीको प्रस्ताव दर्ता नभएसम्म नगर सभामा उपस्थिति नजनाउने अडान कायम राखिरहेको छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्नेसमेत माग राख्दै आएको छ । एमालेले नगर सभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका ३८ सदस्य उपस्थिति भए तर एमालेका जनप्रतिनिधि उपस्थित नहुँदा गणक संख्या ५१ प्रतिशत नपुग्दा पहिलोपटकको आह्वानमा राखिएको नगर सभा तथा अधिवेशन स्थगित गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष सबिन न्यौपानेले बताए । नगर सभा आइतबार बिहान १० बजेका लागि पुनः बोलाइएको न्यौपानेले जानकारी दिए । 

बागमती प्रदेशको राजधानीसमेत रहेको एक मात्र उपमहानगर हेटौँडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाखको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।