१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड

चालू वर्षभन्दा २२ करोड ६९ लाख बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

आर्थिक वर्ष ०७९/८० का लागि भरतपुर महानगरपालिकाले पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गतवर्षको तुलनामा २२ करोड ६९ लाख ६८ हजार रुपैयाँ बढी हो । बजेटका लागि आन्तरिक आय (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड)  बाट  १ अर्ब ५० करोड रुपैयाँ रहनेछ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागितामार्फत ३७ करोड,  मर्मत सम्भार कोषबाट ४ करोड, सडकबोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड रुपैयाँ जुटाइने उपमेयर चित्रसेन अधिकारीको बजेट वक्तव्यमा उल्लेख छ । उनका अनुसार एक अर्ब ३० करोड बैंक मौज्दात छ । 

महानगरको बजेटमा अधुरा तथा क्रमागत योजनाहरूको निरन्तरताका लागि एक अर्ब ३० करोड, वडास्तरबाटै सम्पन्न हुने योजनाहरूको लागि दुई करोड ५० लाखको दरले २९ वटा वडामा गरेर ७२ करोड ५० लाख विनियोजन गरिएको छ । 

यस्तै, सहरी पूर्वाधार, भूउपयोग तथा बस्ती विकासका लागि ३४ करोड बढी, कृषि तथा पशुविकासमा १५ करोड ५० लाख, शिक्षा विकासका लागि १३ करोड, नियमित सडक मर्मत सम्भारतर्फ ८ करोड, स्वास्थ्य सेवातर्फ ७ करोड, खानेपानी, वातावरण सरसफाइ तथा हरियाली प्रवर्धनका लागि ८ करोड, स्वास्थ्य सेवातर्फ ७ करोड  बजेट छ । 

सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै महानगरपालिकाले ३ करोड छुट्टयाएको छ भने राजस्व प्रशासनलाई समयानुकूल र प्रविधिमैत्री बनाउन १ करोड बजेट छ । कर्मचारी, प्रशासन, जनशक्ति विकास तथा सुशासनको लागि १ करोड, सेवा प्रवाह र प्रशासन शीर्षकमा ७५ करोड ५० लाख, निजी क्षेत्रलगायतका अन्य विकास सहयात्रीसँगको सहकार्यका लागि लगानी सम्मेलनमार्फत स्राेत  जुटाउन  ५० लाख विनियोजन गरिएको छ । 

सहकारी तथा रोजगारी प्रवर्धनमा २ करोड ५० लाख विनियोजन गरेको महानगरपालिकाले पर्यटन तथा उद्योग वाणिज्यतर्फ दुई करोड ५० लाख, युवा तथा खेलकुदतर्फ दुई करोड, विपद् व्यवस्थापनमा दुई करोड ४५ लाख ५२ हजार र लैंगिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणतर्फ चार करोड बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाको ११औँ अधिवेशन तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरपालिका मेयर रेनु दाहालले विगतमा पूर्वाधार विकासलाई जोड् दिदैँ आए पनि यसपटक उत्पादनमा र कृषिमा नगरपालिकाले जोड दिएको बताइन् । 

महानगरले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको प्रतिलिटर ३ रुपैयाँ दूधमा अनुदानसँगै कृषि एम्बुलेन्सको व्यवस्थालगायत विषय राखेको छ भने महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले घोषणा गरेको नीति तथा कार्यक्रममा छ । महानगरले भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाउने विषय पनि आफ्नो बजेटमा राखेको छ ।