१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विराटनगर महानगरपालिकाको आगामी बजेट ३ अर्ब ६२ करोड 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारबराबरको बजेट प्रस्तुत गरेको छ ।  शुक्रबार विराटनगर महानगरपालिकाको दशौँ अधिवेशनमा उपप्रमुख शिल्पा कार्कीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि कुल तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

महानगरपालिकाले चालू आर्थिक वर्ष ०७८/७९ मा कुल चार अर्ब ६३ करोड दुई लाख ८१ हजारबराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी वर्षका लागि विराटनगर महानगरले प्रस्तुत गरेको बजेटमध्ये प्रशासनिकतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार आर्थिक क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८करोड ३९ लाख अनि सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ  ३० करोड ६० लाखबराबरको बजेट विनियोजन प्रस्ताव गरिएको छ । 

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको बजेट अधिवेशनमा प्रस्तुत नीति कार्यक्रम तथा बजेटअनुसार विराटनगरमा आगामी वर्ष हुने मुख्य वडास्तरीय आयोजनाहरूमा ४१ करोड ६८ लाख १७ हजार नगरस्तरीय आयोजनाका लागि ३० करोड बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड पिचसडक मर्मत सम्भारका लागि १४करोड र अन्य पूर्वाधारतर्फ नौ करोड ८० लाख फोहार पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख  विनियोजन गरिएको छ।