१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष ०७९/८० का लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो । 

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरूबाट हुने आम्दानी, स्थानीय सञ्चित कोषबाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच करोड एक लाख,४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् ।  

उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब आठ करोड ८९ लाख तीन हजार बजेट विनियोजन गरिएको बताइन् ।  उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रका लागि एक अर्ब ६२ करोड २८ लाख २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताइन् । उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ एक अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्राेत सुनिश्चित भएको पनि बताइन् । उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष ०७९/८० का लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् । 

चालू आर्थिक वर्ष ०७८/७९ मा महानगरले कुल  १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालूतर्फ तीन अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ दुई अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तीयतर्फ १८ करोड रुपैयाँ गरी कुल पाँच अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो ।