मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १५:१२:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

यो विद्रोह होइन, पार्टीको धारणा एक होस् भन्ने आशय हो : सांसद कर्ण (अन्तर्वार्ता)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएको छ। पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेपछि विवाद बढेको छ। सो निर्णयमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी चार मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। यसै सन्दर्भमा असन्तुष्टमध्येका एक सांसद पुष्पाकुमारी कर्णसँग नयाँ पत्रिकाकर्मी केशवप्रसाद पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
 

पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई तत्काल ‘ब्याक’ गराउन चाहेको छ। तर, तपाईंहरू पार्टीको निर्णयको विरुद्धमा देखिनुभयो। पार्टीको निर्णय किन नमानेको ?
हामीले पार्टीको निर्णय नमानेको होइन। मन्त्री फेरबदलको विषयमा फरकफरक धारणा बाहिर आइरहेका छन्। यस्तो अवस्थामा पार्टीका धारणामा एकरूपता आउनुपर्छ भनेर संसदीय दलको बैठक आह्वान हुनुपर्छ भन्ने माग गरेका हौँ। संसदीय दलको नेताले यसलाई हेरेर बैठक आह्वान गर्नुहुनेछ र पार्टीको धारणा एकरूपमा आउनेछ भन्ने हाम्रो मागको आशय हो। 

यसलाई पार्टीभित्र सांसदहरूको विद्रोहको रूपमा अर्थ्याउन सकिन्छ ?
यो विद्रोह, अवज्ञा केही होइन। यो विषयमा पार्टीका नेताहरूबाटै जवाफ दिँदा आ–आफ्नो रूपमा फरकफरक विचार व्यक्त भइरहेको छ। सही रूपमा धाारणा आउन सकेको छैन। संसदीय दलको नेताबाट बैठक राख्ने नियमित प्रक्रिया हो। संसदीय दलको बैठक बस्छ र यो विषयमा स्पष्ट धारणासहित टुंगो लाग्छ भन्ने हाम्रो बुझाइ हो। हस्ताक्षर गर्ने कुनै पनि सांसदले यसलाई विद्रोहको रूपमा लिनुभएको छैन। पार्टीका धारणामा एकरूपता हुनुपर्छ भन्ने मात्र हो। 

संसदीय दलको बैठक बोलाइएन भने के गर्नुहुन्छ ?
हामीले यसबारे केही सोचेका छैनौँ। अहिले पोलिटब्युरो बैठकका कारण पनि नेताहरू व्यस्त हुनुहुन्छ। यसलाई  उपयुक्त समय पारेर संसदीय दलको नेताले छिट्टै बैठक राख्नुहुनेछ र यो टुंगो लाग्छ। हाम्रो आशय यही नै हो। 

मन्त्रीहरूले बजेट पास भएपछि नै राजीनामा दिन्छु भन्नुभएको छ, यसको कारण के ?
जहाँसम्म मलाई लाग्छ स्थायी कमिटी बैठकमा यो विषय आइसकेको थियो। बजेट पास भएपछि राजीनामा नदिने भन्ने कुरै आउँदैन । यसमा मन्त्रीहरूले आफ्नो कुरा पनि राख्नुभएको छ। यसमा मैले थप भनिरहनुपर्दैन।