मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्नीको हत्या गरेकाे आरोपमा पति र ससुरा पक्राउ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको सहिदनगर नगरपालिका– ८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैजनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिराहाको गोलबजार नगरपालिका– ५ की तेतरीदेवी मण्डलले ०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन् ।  

सोही जाहेरीको आधारमा दुवैजनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।