Skip This
हजयात्रीलाई गृहमन्त्रीले गरे बिदाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १० शुक्रबार o९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हजयात्रीलाई गृहमन्त्रीले गरे बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार o९:o६:oo

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान एक सय १३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

यस वर्ष हजका लागि नेपाललाई छुट्याइएको पाँच सय ५५ जनाकाे काेटामध्ये शुक्रबार बिहान अन्तिम टाेली हज गर्नका लागि त्यसतर्फ गएकाे हाे । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितकाे उपस्थिति थियाे ।

असार ६ गतेदेखि दैनिक एयर अरेबियाकाे हवाईजहाजबाट एक टाेली हज गर्न गइरहेकाे थियाे । नेपालबाट हजयात्रामा जाने टाेलीकाे साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ । महावाणिज्य दूतावासबाट १० जनाकाे स्वयंसेवककाे टाेली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ । टाेलीमा आठजना डेलिकेट्स र तीन जना मेडिकल सपाेर्ट टिम सहभागी छ । हजयात्रा गरेर प्रत्येक टाेली ३४ दिनपछि नेपाल फर्किनेछ । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।