१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिनुहुँदैन : केपी ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताएका छन् । बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताएका हुन् । 

ओलीले नेपालमा मुख्य रूपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने तर्क गरे । उनले राजनीति र राजनीतिक संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए । ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभई आकर्षण बढेको जिकिरसमेत गरे । 

उनले भने, ‘यो गतिशील दुनियाँ हो । जो स्वतन्त्र रूपमा युवाहरू उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रूपमा लिनुपर्छ । यसलाई समग्र सत्यको रूपमा होइन, यो आंशिक सत्यको रूपमा लिनुपर्छ । म यो पनि भन्दिन कि एमाले घाम-जुन रहुन्जेल रहन्छ, नेपाली कांग्रेस घाम-जुन रहुन्जेल रहन्छ भन्ने होइन । अहिलेको यथार्थ के हो भने नेपालमा आधारभूत, मुख्य रूपमा दुईवटा पोल्टिकल पार्टी छन्, एमाले र कांग्रेस । यिनीहरूले ठीक काम गरेनन् भने कोही पनि ठीक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढिरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निष्क्रिय भए पनि, योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि  त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । समय गतिशील छ । राजनीति र राजनीति संगठनमा विचारको महत्व हुन्छ । गन्तव्य र उद्देश्यको महत्व हुन्छ । प्रजा परिषद् विचार, उद्देश्य  गन्तव्यले सफल भएको हो । त्यसकारण विचार चाहिन्छ ।’

ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए । उनले युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरूले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए ।