Skip This
फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन् । 

उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा समाधान गर्नुपर्नेमा जोड दिइन् । झाँक्रीले फोहोर गर्नेबाटै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याइन् । 

उनले भनिन्, ‘सहरका समस्या झनै विकराल छन् । सहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । सहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन् । आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरू बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबै कुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ ।’

झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजानुपर्नेसमेत बताइन् ।