मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई कांग्रेस सांसद यादवको प्रश्न– मल आउँछ कि आउँदैन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

नेपाली कांग्रेसका सांसद प्रमोद यादवले किसानहरूले कहिले मल पाउँछन् भन्दै सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल कहिले पाउँछन् भन्दै सभामुखमार्फत सरोकारवाला मन्त्रालयसँग जवाफ माग गरेका हुन्।

नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नआउँदा किसानहरूले आफ्नो क्षेत्रबाट जिताएर मुखिया बनाए पनि मलको समस्या समाधान गर्न तपाईंहरूले के गर्नुभयो ? भन्दै गुनासो गरेका बताए।

'किसानहरूको प्रश्न छ–मल आउँछ कि आउँदैन ? सम्बन्धित निकायलाई म यही सदनमार्फत प्रश्न गर्न चाहन्छु,' सांसद यादवले भने, 'आउँछ भने अझै पनि केही बिग्रेको छैन। किसानहरूले अझै स्विकार्नुहुनेछ।'

रुपन्देही क्षेत्र नम्बर ४ को विकास हुन नसकेकोमा पनि सांसद यादवले प्रश्न गरे। नागरिकता विधेयक अहिलेसम्म संसदमा नआउँदा नागरिकताको अभावमा समस्या झेल्नुपरेको भन्दै सो समस्या हल गर्न उनले सरकारको ध्यानाकर्षण गराए।