मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनसरोकारका मुद्दामा एमाले सडक आन्दोलनमा, भ्रातृ संगठनलाई परिचालित हुन निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

प्रमुख विपक्षी दल एमालेले जनसंगठनहरूलाई जनसरोकारका मुद्दामा सडक आन्दोलनमा उतार्ने निर्णय गरेको छ। 

बिहीबार पार्टी कार्यालय ललितपुरमा बसेको मोर्चा समन्वय संयन्त्रको बैठकले जनसरोकारका एजेन्डाहरूमा भ्रातृ संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने निर्णय गरेको स्थायी कमिटी सदस्य तथा मोर्चा समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए। पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिसँगै अकासिएको महँगी नियन्त्रण, किसानको मल अभाव र विद्यार्थीले झेलिरहेको पाठ्यपुस्तक अभावको तीन मुख्य एजेन्डालाई लिएर एमालेले भ्रातृ संगठनहरूलाई सडकमा उतार्ने घोषणा गरेको हो।
 
‘हामीले जनसरोकारका मुद्दामा सार्थक र निर्णायक आन्दोलनका लागि सबै जनवर्गीय संगठन र पार्टीलाई आन्दोलनमा उतार्दैछौँ,’ ढकालले भने, ‘अब संसद् र सडक दुवैतिर आन्दोलन हुन्छ।’

एमालेले संसदमा पनि जनसरोकारका मुद्दाहरूमा सार्वजनिक महत्वको जरुरी प्रस्ताव दर्ता गराएर पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।