१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले बुधबार बेलुकादेखि नै डिजिटल अडिसन खुला गरिएको जानकारी गराएको छ।

डिजिटल अडिसन २ जुलाईसम्म हुनेछ। आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा एक मिनेटभन्दा माथिको भिडियो पठाउनुपर्नेछ।

निकेश खड्काले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। शोमा मानस घले र कविजी निर्णायकको रूपमा रहनेछन् भने अर्का एक निर्णायक छिट्टै घोषणा गर्ने निर्माण समूहले बताएको छ।

शो आगामी साउनदेखि ओएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुनेछ। शोको विजेताले पाँच लाख रुपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले जनाएको छ।