१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ८ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भन्छन्- अडियो वास्तविक हो भने दोषीलाई कानुनसम्मत कारबाही हुनुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १५:१८:oo

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच  भएको संवादबारे गम्भीर छानबिन हुनुपर्ने पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताएका छन्। उक्त अडियो संवाद हुँदा बडाल महान्यायाधिवक्ता थिए।

उक्त अडियो केही समयअघि न्युज २४ टेलिभिजनको एक कार्यक्रममार्फत बाहिर ल्याइएको थियो। अडियो सुनेपछि सामाजिक सञ्जालमार्फत बडालले आफ्नो प्रतिक्रिया जनाएका हुन्।  यदि यो टेलिफोन अडियो वास्तविक हो भने त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।

‘टेलिफोन अडियो वास्तविक हो भने– टेलिफोन ट्यापिङ कसले गर्‍यो ? के सरकारले वा अरू कसले कस–कसको संवाद ट्यापिङ गर्दै छ ?,’ उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘न्यायालयमा कुन हदसम्म न्यायिक विचलन र लेनदेन हुन्छ ? यसमा को कसरी संलग्न छ ? यो विषयमा गम्भीरताका  साथ छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ।’

उनले यदि यो अडियो बनावटी हो भने यस्तो कार्यमा संलग्नमाथि पनि छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्। उनले संवाद सत्यतथ्य भए दोषीलाई कानुनसम्मत कारबाही हुनुपर्ने धारणा राखेका छन्।