मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा वर्षाबाट चार लाख ८५ हजार मानिस प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रियास्तर– २ मा स्तरोन्नति गरेको छ।  सो क्षेत्रमा करिब चार लाख ८५ हजार बासिन्दा अविरल वर्षाबाट प्रभावित भएका छन्।

स्थानीय समयअनुसार शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार तीन सय हेक्टर बालीसमेत प्रभावित भएको थियो। मुख्यालयका अनुसार बाढीबाट चार सय ७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) प्रत्यक्ष आर्थिक क्षति भएको छ।

स्थानीय मौसम विभागले मंगलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ। वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी  नदीतर्फ सर्ने बताइएको छ। रासस/सिन्ह्वा