१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वार्षिक साढे तीन खर्बको खाद्यान्न आयात गरेर देश बन्दैन : अर्थमन्त्री शर्मा (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

देशमा साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको उनको दाबी छ। मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातीत वस्तुभन्दा देशभित्रै उत्पादन भएका वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताए।

‘वार्षिक साढे तीन खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ। कृषिप्रधान देशले साढे तीन खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ ? त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ,’ उनले भने।