१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशकबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१६:oo

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । 

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ,’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १५ अर्ब १२ करोड (एक सय २२ मिलियन अमेरिकी डलर) बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका छन् ।पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलरबराबरको २५ आयोजनामा सहकार्य भएको छ । 

‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्नु हामी सबैको प्रयास रहनेछ,’ मन्त्री शर्माले भने सो अवसरमा आर्थिक वर्ष ०७९/८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराए ।

सो अवसरमा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन् । उनले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्‍याउने जानकारी दिइन् ।

ad
ad