१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार २०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंकिपक्स आशंकामा गरिएको व्यक्तिमा कुष्टरोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार २०:४५:००

मंकिपक्सको आशंका गरिएको एकजना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीतकौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमुनामा कुष्टरोगको जीवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकिपक्सको आशंकामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । 

अहिलेसम्म २९ वटा देशमा मंकिपक्स देखापरेको र एक हजारभन्दा बढी संक्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मंकिपक्सको बिरामी नेपाल फेला नपरेको बताए । दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकिपक्सको आशंकामामा टेकु अस्पतालमा पठाएको थियो । 

‘मन्त्रालयले विश्वव्यापी रूपमा बढ्दै गएको मंकिपक्स संक्रमणबारे सचेत रहेको र सतर्क अवस्थामा रहेको छ । यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मंकिपक्सको कुनै पनि शंकास्पद संक्रमणहरू मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौँ’, शुक्रबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ती बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए । रासस