१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

'बाबरी रंग'मा धीरज र अदिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:o५:oo

भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। कलाकारहरू अदिति बुढाथोकी र धीरज मगर मुख्य भूमिकामा रहेको सिनेमाको ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर छ। गुरुङलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्। गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङलगायतको अभिनय छ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सहनिर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।

ad
ad