Skip This
आठौँ चुरे दिवस : राष्ट्रपति भण्डारीद्वारा वृक्षरोपण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका सिन्धुली
२o७९ असार २ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठौँ चुरे दिवस : राष्ट्रपति भण्डारीद्वारा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o७९ असार २ बिहीबार १३:२o:oo

आठौँ चुरे दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकामा वृक्षरोपण गरेकी छिन्। दुधौली– ३ को विशाल सामुदायिक वनअन्तर्गत कमलादी किनारको खाली जमिनमा भण्डारीले वृक्षरोपण गरेकी हुन्।

राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिको आयोजना तथा नेपाली सेनाको वन वातावरण पर्यावरण गण रानीवासको व्यवस्थापनमा भएको कार्यक्रममा उनले वर र पीपलको बिरुवा रोपेकी हुन्। 

समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रूख, फलफूलका बिरुवा र बाँस रोपेर चुरे दिवस मनाउँदै छ। चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन असार २ गतेलाई प्रत्येक वर्ष चुरे दिवसका रूपमा मनाउने गरिएको छ।