निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २ बिहीबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षद्वारा भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २ बिहीबार १०:१०:००

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । जेठ ३१ देखि नेपाल भ्रमणमा रहेका उनले दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन तथा शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेको भारतीय दूतावासले जनाएको छ । 

‘भ्रमणका क्रममा सहस्रबुद्धे बिहीबार अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रमको रूपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक हुनुभयो,’ दूतावासले भनेको छ । ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रूपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा स्वामी विवेकानन्द संस्कृति केन्द्रले आयाेजना गरेकाे योग कार्यक्रममा उनी सहभागी भए । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झन्डै एक सय ५० जना योग पारखीहरू सहभागी थिए । 

आइसिसिआर छात्रवृत्तिअन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरूसहित अन्य नेपाली विद्यार्थीलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’का दुई सयभन्दा बढी सदस्यसँग उनले बुधबार अन्तर्क्रियासमेत गरे । उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

आइसिसिआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशकलगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरूसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।