१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सर्लाहीको लालबन्दी नगरपालिका–१२, जल्केनी खोल्सीमा रहेको भूमिगत जल पुनर्भरण ।  तस्बिर सौजन्य : चुरे विकास समिति
यम बम काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३९:oo

स्थानीय तहमार्फत सञ्चालन हुने गरी गुरुयोजना संशोधन हुँदै

सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेको चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको छ । समन्वयको अभावमा कार्यक्रम प्रभावकारी बन्न नसकेपछि सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका कार्यक्रम संघीयताको मर्मअनुसार कार्यान्वयन गर्ने गरी गुरुयोजना संशोधनको काम अगाडि बढाएको छ । 

हाल चुरे कार्यक्रमअन्तर्गत नदी संरक्षण, तटबन्ध, वृक्षारोपण, पहिरो नियन्त्रणका काम पाँचवटा एकाइ कार्यालय र नेपाली सेनाको पर्यावरण संरक्षण विभागमार्फत हुँदै आएको छ । तर, अब तीनवटै तहका सरकारबीच समन्वय र सहकार्यमा क्रियाकलाप हुने गरी गुरुयोजना संशोधनको काम भइरहेको हो । फिल्डस्तरमा कार्यान्वयनको पाटो भने स्थानीय तहले गर्नेछन् । ‘स्थानीय तहलाई बाइपास गरेर जान सकिँदैन, बरू क्षमता अभिवृद्धिको काम संघले गर्न सक्छ । प्राविधिक सहयोग गर्न सकियो,’ गुरुयोजना संशोधन गरिरहेको विज्ञ समूहका प्रमुख प्रा.डा. रामप्रसाद चौधरीले भने । सरकारले ०६६/६७ देखि चुरे संरक्षण कार्यक्रमका नाममा खर्च गर्न थालेको हो । २ असार ०७१ मा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन गरिएको थियो । ४ जेठ ०७४ मा २० वर्षे कार्ययोजना बनाइएको थियो । हरेक पाँच–पाँच वर्षको अनुभवका आधारमा गुरुयोजना परिमार्जन गर्ने उल्लेख भएअनुसार संशोधनको काम अगाडि बढाइएको छ । समितिले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गुरुयोजना संशोधनको खाका प्रस्तुत गरेको छ ।

चुरे विकास समितिका अध्यक्ष किरण पौडेलले संघ, प्रदेश र स्थानीय तहको भूमिका रहने गरी गुरुयोजना संशोधन हुने बताए । ‘पालिकासँगै रहेर काम गर्छाैं । तर, प्रदेश र संघका विषयगत कार्यालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एक–दुई निकायले गरेर मात्र चुरे संरक्षण हुँदैन । विकास र संरक्षणसँगै जोडिएका सबै क्षेत्रबीच समन्वय हुनुपर्छ ।’ प्रा.डा. चौधरीले संघीयताको पहिलो कार्यकालको अनुभव रहेकाले अब काम गर्न सहज हुन सक्ने बताए । 

आठ वर्षमा ११ अर्ब खर्च, समस्या उस्तै
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको गुरुयोजना बनाएर काम थालेको आठ वर्षमा सरकारले संरक्षणका लागि १० अर्ब ८१ करोड खर्च गरेको छ । चुरे संरक्षणमा गत आव ०७७/७८ मा एक अर्ब ६० करोड खर्च भएको थियो । चालू आवमा एक अर्ब ५३ करोड बजेट रहेकामा आगामी आवका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सरकारले चुरेमा त्यसअघि पनि खर्च गरेको थियो । ०६६/६७ देखि चुरे संरक्षण कार्यक्रमका नाममा खर्च थालेको हो । २ असार ०७१ मा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन गरिएको थियो । ०७४ जेठमा स्वीकृत भएको गुरुयोजनामा आव ०९३/९४ सम्म दुई खर्ब ४९ अर्ब लागतको आकलन गरिएको छ । 

आज एकैदिन एक लाख वृक्षारोपण गरिने

आठौँ चुरे दिवसका अवसरमा आज एकैदिन एक लाख वृक्षारोपण गरिने भएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले असार महिनालाई वृक्षारोपण अभियान घोषणा गर्दै महिनाभरमा पाँच लाख बोटबिरुवा रोप्ने भएको हो । समितिका अध्यक्ष किरण पौडेलका अनुसार चुरेको माटो संरक्षण गरी सबैलाई पानी उपलब्ध गराउन वृक्षारोपण गरिने भएको हो । यो कार्यक्रम चुरे समिति र मातहतका एकाइ कार्यालयमार्फत हुनेछ ।

ad
ad