१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिसस मोरङमा एमालेको प्यानलै विजयी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:१९:oo

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्।

प्रमुखमा राई र उपप्रमुखमा झा समान २१/२१ मतसहित निर्वाचित भएका हुन्। १७ पालिका भएको मोरङमा एमालेका २१ तथा कांग्रेसका १२ र माओवादी केन्द्रका एक गरी १३ मतदाता थिए। कांग्रेसका २ र माओवादी केन्द्रका एकजनाले आफ्नो प्यानलको उम्मेदवारलाई मत नदिएकाे बुझिएको छ। सदस्यमा निर्वाचित एमालेकी उमा नेपालीले २३ र मित्रप्रसाद ढकालले २२ मत प्राप्त गरेका छन्।

एमालेबाट सदस्यमा निर्वाचित नेपाली र ढकालको मत बढी आउँदा कांग्रेसका उम्मेवारको मत कम भएको छ। सदस्यहरूमा तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल, उर्वशीकुमारी थारू र हरिमाया विश्वकर्मा निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुखमा जितेन्द्र अग्रवाल र उपप्रमुखमा निलमकुमारी सरदार उम्मेदवार बनेका थिए।

ad
ad