१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिसस खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन विजयी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:४४:oo

जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरू विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिसस प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सनबहादुर राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का सुरेशकुमार तामाङ विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार प्रमुखमा विजयी राई र उपप्रमुखमा विजयी तामाङले १६÷१६ मत प्राप्त गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार किशोरकुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार सन्तोष राईले चार–चार मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिइन्। 

प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यमा पनि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू निर्विरोध चयन भएका छन्। निर्विरोध हुनेमा खुला सदस्य कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र एकीकृत समाजवादीकी दिलकमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा रहेका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रमुख र उपप्रमुखबाहेक अन्य सात सदस्यको पदमा उम्मेदवारी दर्ता गराएको थिएन। एमालेसँग चार तथा सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दलको पक्षमा १६ मत रहेको थियो।

वि.सं. २०७४ सालमा भएको निर्वाचनमा एमाले एक्लैले पाँच स्थानीय तहसहित जिल्ला समन्वय समिति कब्जा गरेको थियो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार १० स्थानीय तह रहेको खोटाङमा एमाले दुई पालिका प्रमुख, दुई उपप्रमुख तथा १९ वडाध्यक्षमा सीमित भएको छ। 

अघिल्लो निर्वाचनमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यसपटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐंसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ। यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति व्यहोरेको हो।

ad
ad