१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ ३० सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १२:४७:oo

पूर्वी नवलपरासीमा करेन्ट लागेर सोमबार एकजनाको ज्यान गएको छ। नवलपुरको हुप्सेकोट गाउँपालिका– ४ मा करेन्ट लागेर वडा नम्बर ३ का ६६ वर्षीय कोषबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिजुलीको पोलमुनि रहेको तारमा छोइँदा मल्ललाई करेन्ट लागेको हो। मृतकको शव अहिले घटनास्थलमै रहेको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ।