मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद अधिकारीको प्रश्न– कोरोनाको २४ लाख खोप कमिसनमा हराएको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार १६:o५:oo

प्रमुख प्रतिपक्ष दल एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएकाले हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन माग गरेका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले सो खोपबारे आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘२४ लाख खोप कहाँ गयो ? हामीले उठाइराखेका छौँ, समितिमा उठाएका छौँ, सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ। त्यो २४ लाख खोप कम्पनीबाटै कमिसनमा हराएको हो ? त्यसको जवाफ चाहिँदैन ?’ उनले भने।

आफू स्वास्थ्यमन्त्री भएकै वेला एचआइभी एड्सदेखि क्यान्सरसम्मका एक सय ३९ वटा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसबारे अरू थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिएका छन्। सांसद अधिकारीले स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा २२ प्रतिशतभन्दा बढी बजेट घटाइएको भन्दै आक्रोशसमेत व्यक्त गरे।