१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भासिएपछि फराकिलो बनाउन भित्ता खार्दै डोजर ।
२o८१ बैशाख १७ सोमबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

सवारीसाधन चल्न थालेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२६:oo

सवारीसाधन चल्न थालेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भासिएको सडकको निर्माणमा ढिलाइ भएको छ । काम गर्ने समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने भएकाले निर्माण कार्यले गति लिन नसकेको हो । 

तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भासिएपछि बाटो अवरुद्ध भएको थियो । सयौँको संख्यामा सवारीसाधन रोकिएपछि भित्ता खारेर एकतर्फी बाटो सञ्चालन गरिएको छ । लगातार परेको पानीका कारण शुक्रबार त्यहाँको सडक भसिएपछि राजमार्ग अवरुद्ध भएको हो । 

अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तत्कालै डोजर लगाएर भित्ता खारी साना सवारीसाधन आवतजावत गराइएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले बताइन् । ‘सडक भासिएपछि राजमार्ग खुलाउन मध्यरातसम्म काम गरियो । त्यसपछि साना सवारी पास गरियो । सडक धेरै भासिएकाले ठूला मालवाहक सवारी पास गराउन कठिन थियो । शनिबार पनि पहाड फोरेर बाटो बनाउने काम भइरहेको छ,’ उनले भनिन् ।

ठूला सवारीसाधनको ठूलो जाम भएकाले पास गराउनुपर्ने बाध्यताकै कारण तीन घन्टा काम हुन नसको केसीले बताइन् । ‘सवारीसाधन धेरै रोकिएपछि निर्माण कार्य नै रोकेर आवतजावत गराइयो । शुक्रबार रातिदेखि रोकिएका चार–पाँच सय ठूला सवारी थिए । तिनलाई पार गराउन काम नै रोक्नुप¥यो,’ उनले भनिन् । 

‘वैकल्पिक मार्ग नभएकाले भित्ता खार्नुबाहेक अरू विकल्प छैन । त्यसैले अहिले त्यहाँ पाँचवटा डोजर प्रयोग गरिएको छ । कुनैले पहाड फोर्ने र कुनै डोजरले खारेका ढुंगालाई सम्याएर बाटोको व्यवस्थापन गरिँदै आएको छ । समय–समयमा सवारीसाधन पास गराउनुपर्ने भएकाले भित्ता खार्ने काम पनि अवरुद्ध भएको छ । अब साँझबाट मध्यरातसम्म निरन्तर रूपमा काम गर्छौं,’ उनले भनिन् ।

शुक्रबार बिहान उक्त क्षेत्रमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाइकल मस्र्याङ्दी नदीमा खस्दा दुईजनाको ज्यान गएको थियो । राजमार्गमा जोखिम नभए पनि प्रहरी तैनाथ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

ad
ad